मधेस प्रदेशसमाचारसमाज

बाराका अग्रज फोटो पत्रकार फैजुल्लाह आलमको निधन

Ad 1
Ad 2
Ad 3
Ad 4

बारा । बाराका अग्रज फोटो पत्रकार फैजुल्लाह आलमको शुक्रबार साँझ निधन भएको छ। परवानीपुर गाउँपालिका–३, लिपनीमाली निवासी ५५ वर्षीय आलमको आफ्नै निवासमा मस्तिष्कघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ। परिवारका अनुसार आलम लामो समयदेखि मस्तिष्कघातको उपचारमा थिए।

वीरगञ्ज हेल्थकेयर अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि भरतपुर लगिएको थियो। स्वास्थ्य अवस्थामा सुधार नदेखिएपछि बिहीबार मात्रै उनलाई घर ल्याइएको थियो । उपचारकै क्रममा घर फर्काइएका आलमको शुक्रबार साँझ अचानक स्वास्थ्य अवस्था बिग्रँदा निधन भएको हो।

पत्रकारितामा सक्रिय रहँदै गर्दा केही वर्षअघि पक्षघातबाट प्रभावित भएका आलम त्यसयता स्वास्थ्यलाभको प्रयासमा थिए। फोटो पत्रकारितामार्फत जिल्लाका सामाजिक, राजनीतिक तथा मानवीय गतिविधिहरूलाई क्यामेरामा कैद गर्दै उनले लामो समय योगदान दिएका थिए। आलमको निधनले बारा र पर्सा जिल्लाको पत्रकारिता क्षेत्रले एक अनुभवी र समर्पित फोटो पत्रकार गुमाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button