समाचार

उपहार दिइएका दुई हात्ती आज कतार पठाउँदै

Ad 1
Ad 2
Ad 3
Ad 4

काठमाडौं ।  चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका खगेन्द्र प्रसाद र रूद्रकली नामका हात्तीलाई आज एक समारोहका बीच चितवनबाट बिदाइ गरिँदैछ।

 

ती हात्तीलाई चितवनबाट भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पुर्‍याई त्यहाँबाट सिधै कतार पठाउने तयारी गरिएको हो।

नेपालले यसअघि अन्य मुलुकलाई गैंडा उपहार दिँदै आएको भए पनि पहिलो पटक हात्ती उपहार दिन लागिएको हो।

विमानमार्फत कतार पठाइने तयारीमा रहेका हात्तीका लागि आवश्यक खोर तथा अन्य प्राविधिक व्यवस्थापन राष्ट्रिय प्रकृति संरक्षण कोषले निकुञ्ज विभागसँगको समन्वयमा सम्पन्न गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button