राष्ट्रियसमाचार

वीरगन्जको नापी कार्यालयमा अख्तियारको छापा, १ लाख घुससहित दुई जना पक्राउ

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगन्जस्थित नापी कार्यालयमा कार्यरत दुई कर्मचारीलाई एक लाख रुपियाँ घुससहित पक्राउ गरेको छ।
आयोगका अनुसार सर्भेक्षक राम प्रमोद राउत तथा कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायले छुट्टै जग्गा दर्ता गरिदिने बहानामा सेवाग्राहीसँग एक लाख रुपियाँ घुस मागिएको उजुरी आएपछि टोली खटाइएको थियो।
अनुगमनका क्रममा दुबै जनालाई सेवाग्राहीबाट मागअनुसारको घुस रकम लिइसकेको अवस्थामा वीरगन्ज–३, आदर्शनगर पानी ट्याङ्कीस्थित नापी कार्यालयबाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार दुवैविरुद्ध आवश्यक थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button