मधेस प्रदेशसमाचारस्वास्थ्य

दिदी-भिनाजुकाे झगडा छुट्याउन गएका सालाकाे मृत्यु

Ad 1
Ad 2
Ad 3
Ad 4

नेपालगन्ज,१७भदाैं:बाँकेमा दिदी-भिनाजुकाे झगडा छुट्याउन गएका एक युवककाे मृत्यु भएकाे छ । खजुरा गाउँपालिका वडा नम्बर ६ गिजरामा दिदी र भिनाजुकाे झगडा छुट्याउन गएका २२ वर्षीय अर्जुन रानामगरकाे मृत्यु भएकाे हाे ।

लाेग्ने-स्वास्नीका बीचमा झगडा भइरहँदा छुट्याउन पुगेका अर्जुनलाई भिनाजु दिपेश रामजालीले बियरकाे बाेत्तलले हान्दा मृत्यु भएकाे प्रहरीले जनाएएकाे छ । भिनाजुले बियरकाे बाेत्तलले हान्दा गम्भीर घाइते भएकाे साला अर्जुनकाे नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएकाे हाे ।

बाँकेका प्रहरी नायब उपरीक्षक दिपक पातलीले घरायसी झगडा अपराधमा परिणत भएकाे बताए । घटना आइतबार रातिकाे थियाे भने अर्जुनकाे उपचारका क्रममा साेमबार मृत्यु भएकाे हाे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button