भन्सार छली गरी ल्याइएका लत्ताकपडासहित टेम्पो बारा प्रहरीको नियन्त्रणमा

वीरगञ्ज,२७ साउन । प्रहरीले बारा जिल्लाको बिश्रामपुर गाउँपालिका–५, नकटुवा नजिकैबाट भन्सार छली गरी ल्याइँदै गरेको लत्ता कपडासहित टेम्पो नियन्त्रणमा लिएको छ ।
मंगलबार दिउँसो करिब ३ बजे मटिअर्वाबाट वीरगञ्जतर्फ ना.२ ह ५६७६ नम्बरको टेम्पोमा चोरी पैठारी गरी कपडा ल्याउँदै गरेको भन्ने सूचनाका आधारमा प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठको कमाण्डमा टोली खटेको थियो ।प्रहरीलाई देखेपछि टेम्पो चालक फरार भएको र वेवारिसे अवस्थामा रहेको उक्त टेम्पो तथा प्लास्टिकको बोरा भित्र राखिएका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद सामानमा लेडिज कुर्ता सुट, लेडिज ब्लाउज, कुर्ता सलवार कपडा, गम्छा, कोट–सुटको पाइन्ट, पूजाका कपडासहितका थानहरू रहेका छन् । बरामद कपडा र ओसरपसारमा प्रयोग गरिएका टेम्पो समेत आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।




Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://www.binance.bh/register?ref=IHJUI7TF