मधेस प्रदेशसमाचारस्थानीयस्वास्थ्य

नेशनल मेडिकल कलेजद्धारा विश्व स्तनपान कार्यक्रम भव्यताका साथ सम्पन्न

Ad 1
Ad 2
Ad 3
Ad 4

बीरगंज, श्रावण २२ ।
नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, बीरगञ्जमा विश्व स्तनपान सप्ताह २०८२ विशेष कार्यक्रमका साथ भव्य रूपमा समापन गरेको छ। समापन समारोहको प्रमुख आकर्षणहरूमा बाल रोग विभागको नयाँ वार्ड उद्घाटन, शिशु सहित आमाहरूको सम्मान तथा विद्यार्थीहरूद्वारा प्रस्तुत स्तनपान सम्बन्धी शैक्षिक कार्यक्रम रहेकोे थियो।

कार्यक्रमका विशेष अंशहरूमा आमाहरूको मातृत्वको सम्मानस्वरूप स्मृतिचिन्ह र तस्बिर प्रदान गरिएको थियो। साथै स्तनपानको महत्वबारे सचेतनामूलक स्वास्थ्य शिक्षा सत्रहरू सञ्चालन गरियो, जसबाट उपस्थित आमाहरू र स्वास्थ्यकर्मीहरूले उपयोगी जानकारी प्राप्त गरे। विद्यार्थीद्वारा प्रस्तुत शैक्षिक कार्यक्रमले स्तनपानसम्बन्धी जनचेतना अभिवृद्धिमा टेवा पुग्ने जनाइयो छ।

कार्यक्रममा प्रबन्ध निर्देशक श्री सहनवाज अन्सारी, शैक्षिक निर्देशक डा. रुबी श्रेष्ठ यासमिन, अस्पताल निर्देशक डा. ईसरत जहान अन्सारी, नर्सिङ डाईरेक्टर, भाईस प्रिन्सिपल, सि.आई.ओ., म्याट्रोन, विभिन्न विभाग प्रमुखहरू, साथै प्रशासन, नर्सिङ र मार्केटिङ टिमका सदस्यहरूको सहभागीता रहेको थियो।

समापन समारोहले मातृत्वको सम्मान गर्दै स्तनपानलाई स्वस्थ शिशुका लागि आधारभूत अधिकारका रूपमा पुनः पुष्टि गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button