मधेस प्रदेशसमाचारसमाज

जगनाथपुर गाँउपालिका र नेशनल मेडिकल कलेजबिच उपचारमा सम्झौता

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगञ्ज,२१ सावन।
जगरनाथपुर गाउँपालिका र वीरगञ्ज महानगरपालिका–१५, भेडियाही, पर्सा स्थित नेशनल मेडिकल कलेज प्रा.लि.बीच एक विशेष सहकार्य सम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौताले गाउँपालिकाका नागरिकहरूलाई विभिन्न स्वास्थ्य सेवामा उल्लेखनीय छुट प्रदान गर्ने व्यवस्था गरिएको छ।

सम्झौतापत्रमा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव र नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शह नवाजले औपचारिक हस्ताक्षर गरेका थिए। कार्यक्रममा जनप्रतिनिधिहरू, वडा अध्यक्षहरू, स्वास्थ्यकर्मी, पालिकाका कर्मचारी तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सम्झौताअनुसार उपलब्ध स्वास्थ्य सेवा छुटहरू यस प्रकार छन्:

OPD टिकेट – २५% छुट,सामान्य बेड चार्ज – १५% छुट
ICU/NICU/PICU बेड चार्ज – १६% छुट
साना/ठूला शल्यक्रिया – ८% छुट
प्याथोलोजी परीक्षण – १०% छुट
X-Ray, ECG, ECHO, TMT, एन्डोस्कोपी – ७% छुट
CT Scan/MRI – ७% छुट,फार्मेसी (OPD) – १०% छुट
फार्मेसी (IPD) – १५% छुट,डेन्टल सेवा – ७% छुट

अध्यक्ष यादवले सम्झौताबाट आर्थिक रूपमा विपन्न नागरिकहरूलाई ठूलो राहत पुग्ने बताए। उनले गाउँपालिकाका जनताको स्वास्थ्य सेवा सुलभ र गुणस्तरीय बनाउन यस्ता सहकार्यहरू अझै विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।

प्रबन्ध निर्देशक शह नवाजले स्वास्थ्य पहुँच सबैको मौलिक अधिकार भएको उल्लेख गर्दै नेशनल मेडिकल कलेज सदैव सामाजिक उत्तरदायित्वमा अग्रसर रहने बताए।

कार्यक्रममा बोल्ने वक्ताहरूले यस सम्झौताले स्वास्थ्य सेवाको पहुँच बढाउने र सरकारी–निजी सहकार्यलाई नयाँ उचाई सम्म पुर्‍याउने धारणा व्यक्त गरे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button