प्रधानमन्त्री ओली आज बारा र महोत्तरी जाँदै, सुख्खा प्रभावित क्षेत्रको अवलोकन गर्ने

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बारा र महोत्तरी जिल्लाको अवलोकन भ्रमणमा जाँदैछन्। विगत केही समयदेखि दिनरातको लगातार कार्यचापका कारण थकित अनुभव गरिरहेकाले हिजोका कुनै सार्वजनिक कार्यक्रममा सहभागी नभएको जनाएका ओली आज तराई मधेशमा लागेको भीषण सुख्खाको अवस्था अवलोकन गर्न भन्दै बारा र महोत्तरी जाने तयारीमा छन्।
साउन महिनाको पहिलो सातासम्म आइपुग्दा पनि ती क्षेत्रका किसानहरू धान रोपाइँ गर्न नसकेको अवस्थाले चिन्तित बनाएको प्रधानमन्त्री ओलीले बताएका छन्। उनले भने, “तराई मधेशमा परेको सुख्खाले साउनको सुरुवातसम्म पनि रोपाइँ हुन सकेको छैन। स्थानीय जनताको पीडा बुझ्न र वस्तुस्थिति प्रत्यक्ष अवलोकन गर्न बारा र महोत्तरी जान लागेको हुँ।”
प्रधानमन्त्री ओलीले आज बारा र महोत्तरीका दिदीबहिनी तथा दाजुभाइहरूसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूको समस्या सुन्ने, आवश्यक सुझाव तथा धारणा लिने कार्यक्रम रहेको जानकारी दिएका छन्। सरकारले विपद् प्रभावित क्षेत्रको राहत तथा पूर्वतयारीमा प्राथमिकता दिने बताउँदै प्रधानमन्त्री ओलीको यो भ्रमणलाई तराई मधेशको सूखा संकटको समाधान खोजीका रूपमा लिइएको छ।




Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://www.binance.bh/register?ref=IHJUI7TF