मधेस प्रदेशसमाचारसमाजस्थानीय

वीरगंज कपडा बैंकद्वारा धोबिनी गाउँपालिका जगरनाथपुरका आगलगी पीडितलाई राहत सहयोग

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगंज, ८ साउन ।

पर्साको धोबिनी गाउँपालिका–५, जगरनाथपुरमा गत असारमा भएको भीषण आगलगी पीडित अशेसर दासलाई वीरगंज कपडा बैंकले कपडा तथा नगद सहयोग प्रदान गरेको छ। चट्याङ लागेर भएको आगलागीबाट दासको घर पूर्ण रूपमा नष्ट भएपछि पीडित परिवारलाई सहयोगस्वरूप राहत वितरण गरिएको हो।

वीरगंज कपडा बैंकको कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा संरक्षण अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी, अध्यक्ष लालबाबु सिंह, कोषाध्यक्ष मनोज मिश्रा र सल्लाहकार अधिवक्ता प्रकाश कुमार उपाध्यायको नेतृत्वमा सहयोग हस्तान्तरण गरिएको थियो। राहत सामग्रीमा दुई बोरा लत्ताकपडा, २/२ थान झुल र कम्बल, ओछ्याउने म्याट, साथै नगद ६ हजार ५ सय रुपैयाँ उपलब्ध गराइएको हो।

कार्यक्रममा बोल्दै संरक्षण अधिवक्ता कुर्मीले भने, “तपाईंसँग धेरै छ भने दिनुहोस्, कम छ भने लानुहोस्” भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै वीरगंज कपडा बैंकले विगत ६ वर्षदेखि आपतविपत र अभावमा परेका नागरिकलाई कपडा, खाद्यान्न र नगद सहयोग गर्दै आएको छ। सबैले आफ्नो आम्दानीको कम्तिमा ५–१०% सहयोगमा खर्च गर्ने बानी बसाल्नुपर्छ।”

कोषाध्यक्ष मनोज मिश्राका अनुसार पीडित अशेसर दासको घरमा भएको आगलागीबाट नगद, सुनचाँदी, अन्नपात, भाँडावर्तन, कपडा, टिभी, सिलाई मेशिन, पंखा, बिजुली मिटर लगायत सबै सम्पत्ति जलेर नष्ट भएको थियो। कुल क्षति करिब ५ लाख रुपैयाँ बराबरको अनुमान गरिएको छ।

सल्लाहकार अधिवक्ता उपाध्यायले दिनदुखीको सेवामा सबैको समर्पण आवश्यक रहेको उल्लेख गर्दै भने, “आपतमा परेकालाई साथ दिनु नै साँचो मानवता हो।” अध्यक्ष लालबाबु सिंहले सहयोग गर्ने सबै शुभेच्छुक, दाताहरूप्रति आभार व्यक्त गर्दै पीडितको घर पुनर्निर्माणमा सक्दो सहयोग गर्न सबैलाई आग्रह गरे।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button