खेलकुदमधेस प्रदेशसमाचारस्थानीय

दोस्रो पर्सागढी मेयर प्रीमियर लिगको दोस्रो दिन : चैनपुर सुपर किङ्गलाई १ रनले हराउँदै सिद्धनाथ बाबा वरियस विजय

पर्सा । रामनिवास कुमार पटेल । पर्सागढी नगरपालिका वडा नं. ६, तित्रौनास्थित झुलङ्गे पुल नजिकको खेल मैदानमा जारी दोस्रो पर्सागढी मेयर प्रीमियर लिगको दोस्रो दिनको तेस्रो खेलमा सिद्धनाथ बाबा वरियसले चैनपुर सुपर किङ्गलाई १ रनको रोमाञ्चक अन्तरले पराजित गरेको छ। पर्सागढी ल्यान्स क्लबको आयोजनामा भएको प्रतियोगितामा सिद्धनाथ बाबा वरियसले उत्कृष्ट जित निकालेको हो।
20261105 164807
​टस जितेर पहिले ब्याटिङ गरेको सिद्धनाथ बाबा वरियसले निर्धारित १६ ओभरमा ८ विकेट गुमाउँदै १३९ रनको योग्दान तयार पारेको थियो। टोलीका लागि अन्जन यादवले उत्कृष्ट ब्याटिङ गर्दै ४० बलमा सर्वाधिक ७४ रन बनाए भने असरफले १७ बलमा १८ रन र तेज महतोले ६ बलमा ११ रन जोडे। १४० रनको लक्ष्य पछ्याउने क्रममा चैनपुर सुपर किङ्गले १५ ओभरमा १० विकेट गुमाउँदै १३८ रन मात्र बनाउन सक्यो।

चैनपुरका लागि रोहन यादवले ३८ बलमा ४६ रन र पठानले १४ बलमा २७ रन बनाए पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन्। ​उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ४ ओभरमा मात्र ५ रन खर्चेर ३ विकेट हात पार्न सफल सिद्धनाथ बाबा वरियसका अलिराज खेलको ‘म्यान अफ द म्याच’ घोषित भए। खेलमा आर.जे. समीर आजादले कमेन्ट्री तथा सलामले अम्पायरिङको भूमिका निभाएका थिए।
20261105 171705

Related Articles

Back to top button