दोस्रो पर्सागढी मेयर प्रीमियर लिगको दोस्रो दिन : रोयल च्यालेन्जर्स बागेश्वरीलाई ६५ रनले हराउँदै तित्रौना टाइगर्स विजय

पर्सा । रामनिवास कुमार पटेल । पर्सागढी नगरपालिका वडा नम्बर ६ टोल तित्रौनाको झुलङ्गे पुल नजिक खेल मैदानमा पर्सागढी ल्यान्स कलबद्वारा आयोजित दोस्रो पर्सागढी मेयर प्रीमियर लिगको दोस्रो दिनको खेलमा रोयल च्यालेन्जर्स बागेश्वरीलाई ६५ रन फराकिलो अन्तरले हराउँदै तित्रौना टाइगर्सले जितेको छ ।
दोस्रो पर्सागढी मेयर प्रीमियर लिग दोस्रो दिनको खेलको पहिलो इनिङमा तित्रौना टाइगर्सले १६ ओभरमा ६ विकेट गुमाएर २२४ रन जोडेको थियो । तित्रौना टाइगर्सका खेलाडी मुना सिंहले १२ बलमा सर्वाधिक २३ रन, सरोज कुमारले १७ बलमा ४४ रन भने अजाजले ४७ बलमा ११२ रन जोडेका थिए ।
खेलको दोस्रो इनिङमा रोयल च्यालेन्जर्स बागेश्वरीले २२५ रनको लक्ष्यलाई पछत्याउँदैं १६ ओभरमा १० विकेट गुमाउँदै १५९ रनमै समेतियो । रोयल च्यालेन्जर्स बागेश्वरीका खेलाडी अरुन पटेलले २५ बलमा सर्वाधिक ४१ रन जोडेका थिए भने निमेष पटेलले १९ बलमा २१ रन जोडेका थिए । यस खेलको म्यान अफ द म्याचको पुरस्कार ४७ बलमा ११२ रन बनाई तित्रौना टाइगर्सका खेलाडी अजाजले पाएका थिए । यस खेलका कमेन्टरी आर जे समीर अजाद र इम्पाइरिंग सलामले गरेका थिए ।



