अर्थ वाणिज्यमधेस प्रदेशराजनीतिविचारसमाचारसमाजस्थानीय

विश्रामपुर गाउँपालिकाको १७ औं गाउँसभा सम्पन्न

Ad 1
Ad 2
Ad 3
Ad 4

वीरगञ्ज,८ आषाढ,
बारा जिल्लाको विश्रामपुर गाउँँपालिकाको १७ औं गाउँँसभा हिजो शनिवार सम्पन्न भएको छ। गाउँँपालिकाका अध्यक्ष जुल्फकार अलि भुटो को अध्यक्षतामा सम्पन्न सभाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल रू.३२ करोड १० लाख बराबरको बजेट पारित भएको थियो। सभामा प्रस्तुत वार्षिक नीति, कार्यक्रम तथा बजेटले स्थानीय पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी तथा डिजिटल सेवामा जोड
दिइने जनाइएको छ। उक्त गाउँँसभामा लेखा प्रमुख बजरङ्गी जयसवालले आर्थिक वर्ष २०८१/०८२ को आय व्यय प्रस्तुत गरेका थिए। भने प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाले स्वागत मन्तव्य राख्दै गाउँँपालिकाले पारदर्शिता, जनउत्तरदायित्व र नागरिक सहभागीतालाई प्राथमिकतामा राखेर कार्यान्वयन अगाडि बढाइने बताएका थिए।
गतवर्ष ३४ करोड रहेकोमा यो वर्ष घटेर ३२ करोड ४ लाख ४९ हजार ५२८ रुपियाँ बजेट विनियोजन गरिएको विश्रामपुर गाउँँपालिका प्रमुख जुल्फकार अलि भुटोले बताएका हुन। स्थानीय स्रोतको अधिकतम उपयोग र समावेशी विकासलाई ध्यानमा राखी यो बजेट तयार गरिएको हो। गाउँपालिकाको दिगो विकासका लागि सबै वडामा समानुपातिक रूपमा योजना सञ्चालन गरिने जानकारी दिनुभयो। आर्थिक वर्ष २०८२/८३ का लागि हरेक वडामा ७० लाखको विकास निर्माण देखि अन्य जनताको सेवाको लागि बजेट पाँच वटै वडामा समानान्तर बजेट छुट्टयाइएको पालिका प्रमुख भुटोले बताएका छन्। पालिका भित्र शिक्षा क्षेत्रलाई सुधार गर्ने उद्देश्यले रू १ करोड ८२ लाख, स्वास्थ्य क्षेत्रमा ५० लाख, कृषि क्षेत्रका लागि ४० लाख, खेलकुद लगायत १० शैयको अस्पताल निर्माणको संघीय सरकार बाट १० करोड बजेट माग गरिएकोमा ६ करोडको टेन्डर चाडैं गर्न लागेको बताए।
गाउँँसभा सदस्यहरू, वडाध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी, पत्रकार र सर्वसाधारणको उपस्थितिमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवाला व्यक्तिहरूले बजेटप्रति आफ्नो धारणा राखेका थिए भने कार्यक्रमलाई सहजीकरण स्वास्थ्य शाखा प्रमुख अलि अकबर हुसेनले गरेका थिए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button