Uncategorizedसमाचार

जंगली च्याउ खाँदा एकै परिवारका दुईजनाको मृत्यु, बालिकाको अवस्था गम्भीर

Ad 1
Ad 2
Ad 3
Ad 4

चितवनमा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ ।

इच्छाकामना गाउँपालिका-१, कुलबाङगका ९ वर्षीया नमुना चेपाङ र ११ वर्षीय सञ्जय चेपाङको मृत्यु भएको हो ।

नमुनाको मृत्यु जेठ १ गते भएको हो भने सञ्जयको उपचारका क्रममा शनिबार राति निधन भएको हो। वैशाख २९ गते श्यामबहादुर चेपाङको परिवारका पाँच जनाले जंगली च्याउको तरकारी खाएका थिए।

१३ वर्षीया मनिता चेपाङको उपचार जारी छ। उनको अवस्था गम्भीर रहेको छ ।

Related Articles

Back to top button